सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ।
आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। पूर्वकानुनमन्त्री समेत रहेका आचार्य प्रवुद्ध समूहका सदस्य पनि हुन्।
सरकारले यसअघि भारतका लागि नेपाली राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। तर, उप्रेतीको नाममा सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय अलपत्र परेको थियो।
यसैगरी, मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकालको नाम सिफारिस गरेको छ।