‘विभिन्न बहानामा बैठक पर धकेल्ने काम भइरहेको छ, यसरी हुँदैन, प्रस्टसाथ पार्टीलाई कसरी अघि बढाउने हो, निक्र्योल गर्नुपर्छ,’ स्थायी कमिटीका अर्का सदस्य देवेन्द्र पौडेलले भने, ‘यसरी अब लामो समयसम्म बस्न सकिँदैन।’ पार्टी विधानमा स्थायी कमिटी बैठक तीन महिनामा गर्ने भनिएको छ। आवश्यकताअनुसार धेरैपटक पनि गर्न सकिन्छ।
कमिटीका बैठकै नबोलाउने तर महत्त्वपूर्ण निर्णय सचिवालयबाटै गर्ने गरिएको भन्दै पार्टीभित्र तीव्र आलोचना छ। ‘सचिवालयले दैनिक काम गर्ने हो तर निर्णय गर्ने औपचारिक थलो होइन,’ भट्टराईले भने, ‘राजनीतिक निर्णय अन्य कमिटीबाट गर्नुपर्छ।’ सचिवालयका निर्णयप्रति वरिष्ठ नेताहरूकै असन्तुष्टि छ। सचिवालयले यसअघि प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवलगायत पदाधिकारी तोकेपछि वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका थिए। कान्तिपुर दैनिकमा खबर छ।