सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन्।
पदीय मर्यदाविपरीत गतिविधि गरेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट मंगलबार बिहान बर्खास्त गरेका थिए। नेकपाको निर्देशनमा सोडारीलाई पदबाट बर्खास्त गरिएको हो।
नवनियुक्त मन्त्री सुवेदीलाई प्रदेश प्रमुख माेहनबहादुर मल्लकाे उपस्थितिमा मुख्यमन्त्री त्रिलाेचन भट्टले अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ गराएका थिए।