कम्युनिष्ट आन्दोलनका अगुवा एवं पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ। विराटनगरलाई कर्मभुमि वनाउँदै राष्ट्रिय राजनीतिमा स्थापित अधिकारीलाई ८३ वर्षको उमेरमा जेष्ठ नागरिक सम्मान दिदैं शनिार अभिनन्दन गरिएको हो।
एक नम्वर प्रदेशका प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्वाहाम्फेले कदरपत्रबाट तथा मुख्यमन्त्री शेरधनराईले फुलमाला अविरले अभिनन्दन गरेका हुन्।
विसं १९९३ वैशाख २२ गते महोत्तरीमा जन्मेका अधिकारीले २००८ सालदेखि नेपाल कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेका हुन्।
उनले २०५१ सालमा पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री भएर काम गरिसकेका हुन्। कार्यक्रममा ३ सयभन्दा वढी संघसंस्थाले अधिकारीलाई नागरिक अभिनन्दन गरेको अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले जानकारी दिए।
कार्यक्रममा वोल्दै प्रदेश नम्वर एकका प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाम्फेले नेपालको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका अधिकारीलाई सम्मान गर्न पाउनु एक नम्वर प्रदेशको लागि गौरवको कुरा भएको वताए।
मुख्यमन्त्री शेरधन राईले नेपालको अधिकारीलाई गरिएको नागरिक अभिनन्दनले समग्र प्रदेशको एकता र संस्कृतिमा वल पुगेको वताए। अभिनन्दित अधिकारीले एक नम्वर प्रदेश र विराटनगरवासीले गरेको मायालाई आफूले कहिले नर्विसने भन्दै विराटनगरलाई स्थायी राजधानी वनाएमा आफूमाथि थप माया हुने बताए।
पाँचजना प्रधानमन्त्री जन्माएको विराटनगरका लागि अझै पनि महत्वपूर्ण काम गर्न आफुले नसकेको भन्दै सवै मिलेर विराटनगरलाई उत्कृष्ट नगर वनाउनुपर्ने उनको भनाई थियो।