३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल चारदिने कतार भ्रमण सकेर नेपाल फर्केका छन् ।उनी कतारमा आयोजना भएको ‘वन बेल्ट वन रोड’ कतार शिखर सम्मेलनमा सहभागि हुन चारदिन अघि कतार पुगेका थिए ।
उनीसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि स्वदेश फर्केका छन् । कतारका अर्थमन्त्री अहमद विन जसिम विन महम्मद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपाल कतार गएका हुन् ।
विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरू, व्यवसायीहरुले कार्यक्रममा सहभागीता जनाएका थिए । मुख्यमन्त्री पौडेलले नेपालमा चिन संगै कतारका व्यवसायीहरुले पनि लगानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिएका छन ।
३ नम्बर प्रदेशमा उद्योग, पर्यटन, जलविद्युतको क्षेत्रमा लगानी गर्न सकारात्मक रहको मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् । लगानी गर्ने लगानीकर्ता आएमा प्रदेशभित्र लगानीको वातावरण प्रदेश सरकारले बनाइदिने मुख्यमन्त्री पौडेलले उनीहरुलाई विश्वास दिलाएको बुझिएको छ ।