तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्यका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिमा सदस्यहरु मनोनयन गरिएको छ ।
पाँच सदस्यीय उक्त समितिमा मनोनित हुनेमा उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यद्वय महेश आचार्य र दिपक गिरी रहेका छन् ।
समायोजन सम्बन्धि आवश्यक कार्यका लागि केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न उपसभापति निधिको संयोजकत्वको समितिलाई जिम्मेवारी दिइएको छ । विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच २०७४ असोज २९ गते पार्टी एकता भएको थियो ।