सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भनिएको आर्थिक अनियमितता तथा नीतिगत भ्रष्टाचारका विषयमा छानविन गर्न समिति गठन गरेको छ।
सरकारले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. भीमप्रसाद सुवेदीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको हो। प्रधानमन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारी सदस्य रहेका छन्।
समितिलाई विश्वविद्यालयमा भएको भनिएको आर्थिक अनियमितता तथा नीतिगत भ्रष्टाचारका विषयमा छानविन गरी प्रतिवेदन बुझाउन एक महिनाको समयावधि दिइएको छ। सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विराज भट्टमाथि आर्थिक र नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ।
उनीहरुमाथि कार्यकारी परिषदको निर्णय र पदीय जिम्मेवारीविपरित काम गरेको आरोप पनि छ।