नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डा गोविन्द केसीलाई ठेगान लगाउछौं भनेर सोचिन्छ भने दुर्भाग्य हुने बताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै अधिकारीले उक्त कुरा बताएका हुन् ।
‘केसीलाई ठेगान लगाउन खोजिएको सुनिएको छ, यदि यसो हो भने दुर्भाग्य हुनेछ, अहिले केही समूहले समर्थन गरेका छन्, आउँदा दिनमा उनको समर्थन गर्नेहरु अझ् बढ्नेछन्,’ उनले भने ।
सांसद अधिकारीले चिकित्सा शिक्षा र स्वास्थ्य अभियन्ता केसी व्यक्तिबाट संस्थामा परिणत भइसकेको उल्लेख गर्दै भने, ‘होइन भने परीक्षण गरौं, हामी कसैले अनसन बस्छौं भने जनताले पत्याउछन् ? तर केसीले आमरण अनसन गर्छु भन्दा जोसुकैले पत्याउछन् ।’
उनले केसीका बारेमा सरकारले संसदमा जवाफ दिनुपर्ने पनि बताए । संसदीय समितिभन्दा केसीको पल्ला भारी हुने उल्लेख गर्दै उनले ‘बहुमतबाट विधेयक पारित होला, तर जनताले केसीलाई पत्याएका छन् ।’