नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्।
प्रचण्डकी पत्नी सीतालाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना गरिएको हो। सीतालाई ज्वरो, रुघाखोकी र चिसोले सताएपछि अस्पताल भर्ना गरिएको प्रचण्डनिकट स्रोतले जनाएको छ।
लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित दाहाललाई मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) समेत भएको छ। यसअघि नेपालमा रोग पत्ता लाग्न नसकेपछि प्रचण्डले उपचारका लागि पत्नी सीतालाई सिंगापुर लगेका थिए।