नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत मधेसी जनताका माग पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन गरेरै भएपनि मधेसी जनताका हक अधिकार सुरक्षित गरिने बताएका हुन्। उनले समानुपातिक समावेशी प्रणालीलाई थप व्यवस्थित बनाएर मधेसी जनताको हक अधिकार र विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।
मधेसी जनताको हितमा कम्युनिष्ट सरकारले नै काम जिकिर गर्दै प्रचण्डले भने,‘कम्युनिष्ट पार्टीले मधेसी जनताको, विकास निर्माणमा ध्यान दिँदैन कि भन्ने छ भने त्यो सत्य हैन।’ उनले अब कोही पनि गरिबीको कारण शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनु नपर्ने बताए।