निर्वाचन आयोगले आज तेस्राे निर्वाचन दिवस मनाउँदैछ।
दिवसका अवसरमा आयोगले कान्तिपथस्थित मुख्यालयमा बिशेष कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी सहित संवैधानिक निकायका प्रमुखहरु समेत उपस्थित हुनेछन्। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको संझनामा आयोगले यो दिवस मनाउन शुरु गरेको हो।