गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बारले न्यायपालिकाको रक्षाकवचको रुपमा काम गर्नुपर्ने बताएका छन् ।
पोखरामा बुधबार उच्च अदालत बार एसोसिएसन पोखराका नवनिर्वाचित पदाधिकारी र सदस्यको पदस्थापन कार्यक्रममा प्रदेश प्रमुख बारले आफ्नो आचरणलाई ख्याल गर्दै कानुन व्यवसायीले कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
कालो रंग निश्पक्षता र अचेतपनका प्रतीक भएको भन्दै उनले पश्चिमा मुलुकमा अझै पनि न्यायकर्मीले शिरदेखि पाउसम्म छोपिने गरी कालो रंगको गाउन लगाउने गरेको दृष्टान्त प्रस्तुत गरे । संघीयताका मर्म अनुसार अब बार काउन्सिलाई प्रदेशस्ततरमा विस्तार गर्न अब ढिला गर्न नहुने उनको भनाइ थियो ।