नेपाल इटा उद्योेग महासंघको चौथो महाधिवेशन भदौ १४ गतेदेखि विराटनगरमा हुने भएको छ।
राजधानी वाहिर पहिलो पटक विराटनगरमा गर्न लागिएको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधिको सहभागिता रहनेछ । कोशी अञ्चल इटा व्यावसायी संघले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
संघका अध्यक्ष महेन्द्र साहले महाधिवेशनमा एक अध्यक्षसहित दुई उपाध्यक्ष, तीन सचिव, कोषाध्यक्ष र प्रादेशिक संरचना अनुसार सातटा प्रदेशमध्ये ६ वटा प्रदेशमा संयोजक चयन हुनेछ । यसैगरी महाधिवेशनबाट सात जना सदस्य निर्वाचन हुने र ५ जना मनोनित गर्ने व्यवस्था छ।
महाधिवेशनमा काचो इटाको विमा, शिक्षा , स्वास्थ्य तथा उद्योगको वातावरणको विषयमा छलफल हुनेछ । महाधिवेशन दुई दिनसम्म चल्नेछ।
नेपालमा १ हजारभन्दा वढि इटा उद्योग छन्। त्यसमध्ये ८ सय उद्योेग संघमा दर्ता छन्। मुलुुकभर २ लाख ४० हजार मजदुर उद्योेगमा कार्यरत छन्। यो उद्योगले सरकारलाई वार्षिक ७० करोड रुपैंयाभन्दा वढि कर बुझाउँदै आएको छ। तर उद्योग संचालनका लागि राज्यले सहयोग नगरेको अध्यक्ष साहको गुनासो छ ।