नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिने भएको छ।
युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले गुरुङको नाम चनय गरेको हो।
पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय २५ हजार ५५५ नगद, सम्मानपत्र प्रदान गरिने उक्त पुरस्कार यही भदौ २२ गते प्रदान गरिने नेपाल प्रेस युनियन कास्कीले जनाएको छ। पत्रकारितामा स्नातक गुरुङले २०५१ सालदेखि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत छन् ।