सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय प्लेट बी आर ०६ पी बी ६४१८ नम्बरको जिप दुर्घटना ६ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय सञ्जिव कुमार र गोनु कुमारको मात्रै सनाखत भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
पहिचान खुल्न नसकेका तीन जनाको शव जिल्ला अस्पताल इनरुवा र उपचारका क्रममा ज्यान गुमाएकाहरुको शव विराटनगरस्थित नोबेल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।