नशालु औषधी नदिएपछि लेखनाथ सामुदायिक अस्पतालमा तोडफोड गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपलिका-३१ देउराली खोलाका ३७ वर्षीय बाबुराम घले र २५ वर्षीय सुरज थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
३ जना मापसे गरेर शनिबार लगभग १ बजे अस्पतालमा पसेका थिए । उनीहरुले डाक्टरसँग सिधै आफूहरूले भनेको नशालु औषधी र सुई दिनआग्रह गरेका थिए। डाक्टरले नशालु औषधी दिन नमिल्ने भन्दै नदिएपछि उनीहरुले अस्पताल तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुको साथमा प्रहरीले एभिला ३ एम्पुउल, एड्रिनिल ६ एम्पउल, डाइनोजोपाम २ उम्पउल लगायत लागुऔषध भेटेको छ । उनीहरुले ड्युटी लेख्ने बोर्ड र ३२ इन्चको टिभी फुटाएको प्रहरीले जानकारी दिएको छ।