प्रदेश २ मा एकै दिन ५० हजार विरूवा रोपिने भएको छ। प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको ‘हरित प्रदेश योजना’ अन्तर्गत ५० हजार विरूवा रोप्न लागिएको हो।
साेमबार बसेकाे मन्त्रिपरिषदको बैठकले ‘हरित प्रदेश योजना’लाई सार्थकता दिन असोज १२ गते एकै दिन प्रदेशभर ५० हजार विरूवा रोप्ने निर्णय गरेको हो। वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत लगायत सबै मन्त्री र राज्यमन्त्रीहरू सहभागी हुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
स्वच्छ वातावरण तथा पर्यावरणीय सन्तुलन कायम राख्न ‘हरित प्रदेश योजना’लाई सार्थकता दिन लागिएको हो। वृक्षारोपन कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरूले समन्वय गरिरहेका छन्। ‘हरित प्रदेश योजना’ जिल्लाका सरकारी वनमा लागू हुने बताइएको छ।