संविधानको रक्षा एवं कार्यान्वयनमा जोड दिँदै नेपाली कांग्रेस रुपन्देहीले भोलि भैरहवामा विरोध सभा गर्ने भएको छ।
कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति अबदुल रज्जाकले ५० हजार नेता कार्यकर्ता सडकमा उतार्ने दाबी गरे।
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको, महङ्गी, करवृद्धि गरेको तथा स्वतन्त्र न्यायालय र स्वतन्त्र प्रेसप्रति हस्तक्षेपकारी नीति अख्तियार सभपाति रज्जाकले भने,'एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक ब्यवस्थाप्रति बेवास्ता गरेको छ।'
भोलि दिउँसो १२ बजे भैरहवाको बुद्धचोकबाट विरोध र्याली गर्ने कांग्रेसले जनाएको छ। नगर परिक्रमापछि मिलनचोकमा कोण सभा गरिनेछ।