धनुषामा अाइतबार दिनदहाडै लुटपाट भएको छ ।महोत्तरीको भंगहा नगरपालिकामा आइएमइ सञ्चालन गर्दै आइरहेका रामकुमार साहले क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ८ लाख नगद झिकेर भंगहातर्फ जादैगर्दा आइतवार दिउँसो लुटिएका हुन् ।
बैंकबाट मोटरसाइकलमा पैसा झिकेर भंगहातर्फ जादैगर्दा बटेश्वर गाउँपालिकाको शान्तिपुर–चन्द्रपुर नजिक साहसँग लुटपाट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिएका छन् ।
दुईवटा अनटेस्ट मोटरसाइकलमा चारजना अपरिचित व्यक्तिहरुले साहको मोटरसाइकल रोक्न लगाएर लुटपाट गरेर महोत्तरीतर्फ फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरु भाग्ने सक्ने संभावित सबै स्थानमा नाकाबन्दी गरी लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक कुशवाहाले बताए