महानगरवासीको सम्वृद्धि र विकासका लागि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले यसवर्ष पनि दण्ड प्रणाम गर्दै छठको व्रत वसेका छन्।
मेयर पराजुुलीले १५ वर्षदेखि छठको व्रत लिदै आएका छन्।
निराहार व्रत वसेका पराजुुली तीन किलोमिटर सडकमा घस्रेर दण्ड प्रणाम गर्दै अस्ताउँदो सुुर्यलाई जल चढाउन सिंगिया खोला पुुगेका छन्।
आफ्नो कार्यकालमा समुन्नत विराटनगर बनाउने परिकल्पनाका साथ दण्ड प्रणाम जस्तो कठोर ब्रत लिएकोे मेयर पराजुुलीको भनाई छ। मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म पुगेर छैठ माताको ब्रत लिएका हुन्।
उनले विराटनगरको ठुुलोमिलचौक स्थित शिवपन्चायन मन्दिरबाट दण्ड प्रणाम शुुरु गरेका हुन्।