बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि बौद्ध ग्रन्थ त्रिपिटक वाचन सुरु भएको छ।
त्रिपिटक वाचनमा सहभागी हुन १८ देशका करिव एक हजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरु अहिले लुम्बिनीमा पुगेका छन्।
अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा यहाँको आध्यात्मिक विकासमा टेवा पुर्याउने उद्देश्यले पहिलो पटक नेपालमा तीन दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन हुन लागेको हो।
त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएकाले नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो।
त्रिपिटक भगवान् बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताए।