घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै १ लाख ४० हजार रुपैयाँ घुस माग गरेका थिए। घुस लिँदा–लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।