कम्बोडियाका प्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आगामी मङ्सिर १३ गते काठमाडौँ अाउँने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध विषयमा द्विपक्षीय वार्ता हुने जानकारी दिए । अन्य देशबाट उच्च राजनीतिक तहका व्यक्तित्वको नेपाल भ्रमण हुने उनले बताए ।
आफ्ना जापानी समकक्षीको निमन्त्रणमा आफू जापानको भ्रमणमा आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यहाँबाट कृषि प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउनेमा आफू केन्द्रित रहने बताए।
नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन अाफ्नाे विशेष प्रयास हुने मन्त्री ज्ञवालीले बताए ।