सल्यान जिल्लाका विभिन्न स्थानममा बादेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन्। वनगाड कुपिण्डे–९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बादेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो।
गाउा नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बादेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ। भर्खर लगाएको धान तथा मकै बालीमा बादेलले गरेको उपद्राे देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले जानकारी दिए। ‘पहिले–पहिले बादेल गाउा बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउामै आएर बालीनाली नष्ट पार्न थाल’ उनले भने । ‘यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन।’
वर्षभरि दु:ख गरेको बालीनाली आाखै अगाडि बादेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो। पाँच वर्षदेखि गाउामा बादेल आतंक बढ्न थालेको वनगाड कुपिण्डे–९ गिठाचौरका यज्ञबहादुर थापाले बताए। अर्का कृषक चित्रभान बोहराले गाउामा सबै परिवारको बारी क्षति भएकाले बादेल धपाउन रातभरि जाग्राम बस्ने गरेको बताए।
बादेलले क्षति पुर्याउन थालेपछि ४० प्रतिशत जमिन बााझै रहेको पिडा सुनाउादै कृषक कामी बोहराले भने ‘दु:ख गरेर बारीमा अन्न लगायो अब भित्र्याउनु पर्छ भन्ने बेला बादेलले सखाप पार्छ, त्यही भएर धेरैजसो बारी बांझै छन्, अब गाउामै आएर दु:ख दिन थालेकाले गाउा छोड्न मात्र बांकी भयो।’
गिठाचौर बस्ती नजिकै रहेको भगवती सामुदायिक वनबाट आउने बादेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पुर्याउने भएकाले तिनको नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको कृषकको गुनासो थियो।