लमजुङमा ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
सुन्दरबजार नगरपालिका–८ अकला मन्दिर नजिक डुडकुलोमा मालबाहक ट्रकले ठक्कर दिदाँ सोही नगरपालिकाको बलिथुङ नयाँ गाउँकी ७ वर्षीया करुणा गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।
बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बा २ क १९७६ ट्रकल आइतबार दिउँसो करिब २ बजेतिर बालिकालाई ठक्कर दिएको थियो। ट्रक र चालक ३२ वर्षीय मनबहादुर विक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको डिएसपी यादव ढकालले जानकारी दिए।