रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। चीनबाट नेपाल तस्करी गरेर ल्याइँदै गरेको दुई किलो सुनसहित गोसाइँकुन्ड गाउँपालिका–१ का ३७ वर्षीय निमा दोर्जे पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले दोर्जेलाई सोमबार बिहान साढे ९ बजे सदरमुकाम धुन्चेबाट सुनसहित पक्राउ गरेको रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए। विशेष सूचनाको आधारमा दोर्जे चढेको टाटा सुमोलाई रोकेर चेकजाँच गर्दा सुन फेला परेको तामाङले बताए।
प्रारम्भीक वयानमा चीनबाट पैदलमार्ग हुँदै सुन खुल्न आएको डिएसपी तामाङले बताए। दोर्जेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।