महोत्तरीको औरही नगरपालिका–२ फुलबरियामा एक जनाकाे हत्या भएकाे छ। गएराति बेचु चौधरीको हत्या भएको र उनकाे शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए।