समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहलाई बिहीबार अपराह्न प्रहरीले पक्राउ गरेको छ।
सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।शाहलाई पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।
फाेटाे पत्रकार शाहलार्इ पक्राउ गरिएकाे घटनाकाे पत्रकार महासंघ लगायतका संघ संस्थाले भत्सर्ना गरेका छन् । साथै उनकाे तत्काल रिहार्इकाे माग समेत गरेका छन् ।