ट्रिपरको ठक्करबाट हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा एकजनाको ज्यान गएको छ। ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सबार गैरीगाउँका २६ वर्षीय टंक न्यौपानेको मृत्यु भएको हो।
घाइते न्यौपानकोको चुरेहिल हस्पिटल हेटौँडामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मोटरसाइकलमा सबार सरिता न्यौपानेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
चौघडाबाट पूर्वतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बरको ट्रिपरले सोही दिशातर्फ गइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। घटनापछि फरार ट्रिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।