पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन। शिक्षा, स्वास्थ्य र भौतिक सुबिधा नभएको भन्दै ग्रामिण क्षेत्रका स्थानीय जनता सुगम ठाउंमा स्थानान्तरण हुन थालेका छन। गाउँ छाड्ने क्रम बढेपछि जनजातिको बाहुल्यता भएका पर्वतका दर्जनौ बस्ती रित्तो हुदै गएको छ।
डेढ दशकको अवधीमा पर्वतको आर्थर डाडाँखर्क, चित्रे, भूकदेउराली, दुर्लुङ्ग, पुर्णगाउँ, भोक्सिङ्ग, क्याङ्ग, शालिजा, लेस्पार, लगायतका बस्तीहरुबाट दुई तिहाई भन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाई सरेका हुन। सुबिधाको खोजीमा अधिकाश ग्रामिण क्षेत्रका बासिन्दा पोखरा वरपरका क्षेत्रमा बसाई सरेका छन भने कुस्मा, पातीचौर, बेनी लगायतका बजारमा पनि उत्तिकै संख्यामा स्थानान्तरण भएका छन।
दुर्लुङ्गको काफलचौरमा दुई दशक अघि करिब ७० परिवारको बसोबास थियो। कसैका पनि घरमा शौचालय थिएनन्। गाउँमा खानेपानी,बिजुली र सिँचाइ आदि कुनै सुविधा थिएन। सामान्य बिरामी पर्दा पनि उपचारका लागि ४ घण्टाको यात्रा गरेर सदरमुकाम कुश्मा पुग्नुपथ्र्यो। गम्भीर बिरामी पर्दा बिरामी बाँच्ने आसै हुदैन थियो।
अहिले त्यहाको अवस्था फेरिएको छ। घरघरै पानीका धारा छन्। अस्थायी छाप्रामा पनि चिटिक्कका पक्की शौचालय बनेका छन्। एक–दुई घर भएका स्थानमा पनि बिजुलीका फलामे पोलमा तार पुगेको छ। टोलटोलमा सडक छ। खेती गर्न सिँचाइको व्यवस्था पनि भएको छ। तर, गाउँ रित्तिएको छ। नेपाल समाचार पत्रमा खबर छ।