मकवानपुरको कैलाश गाउँपालिका–६ गोगने राउतेको शिलाकन्यादेवी प्राविका विद्यार्थीलाई नेपाल तरुण दलले न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना) को प्रमुख आतिथ्यतामा न्यानो कपडा तथा स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको हो। पछिल्लो समय जाडो बढ्दै गएको र विद्यार्थीले समस्या झेल्नुपरेको जानकारी आएकोले न्यानो कपडा, स्टेशनरी तथा आवश्यक खेलकुद सामग्री वितरण गरिएको तरुण ३ नम्बर अध्यक्ष सञ्जय श्रेष्ठले बताए। केन्द्रीय सदस्य डीनाले तरुण दलको कामको प्रशंसा गर्दै राजनीतिसंगै सामाजिक सेवालाई पनि अघि बढाउन आग्रह गरिन्।
त्यसैगरी, भीमफेदी गाउँपालिका–९ बाघमारामा रहेको सिर्जनशिल महिला सहकारीका सदस्यहरुलाई कांग्रेस केन्द्रीय सदस्य डीनाले१५ थान सारी वितरण गरेका छन्।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य रत्नबहादुर गोले, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघ जिल्ला सचिव निलम देवकोटा, कांग्रेस नेता शंकर न्यौपाने, तरुण नेता राजेश भेटवाल लगायतले मन्तव्य राखेका थिए।