करेन्ट लागेर जनकपुरमा दु्इ जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा सिरहाको विष्णपुरा गाउँपालिका–४ बस्ने ३२ वर्षीय जगरनाथ साह र धनुषाको मिथिला विहारी नगरपालिकाका–३ बस्ने २८ वर्षीय प्रमेश्वर मण्डल रहेका प्रहरीले जनाएको छ ।
मोटरसाइकल रोकेर बचाउन गएका जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ४१ वर्षीय सूर्यनारायण शर्मालाई करेन्ट लागेर गम्भीर घाइते भएका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपालियाले जानकारी दिए ।
जग्गा हेर्न मोटरसाइकलामा जाँदै गरेका जनकपुर उपमहानगरपालिका स्थित कुवारामपुरमा परमेश्वर सवार मोटरसाइकल चिप्लिएर पोलमा ठोक्किएको थियो । पोलमा मोटरसाइकल ठोक्किदा तार झरेर उनलाई करेन्ट लागेको धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपालियाले जानकारी दिए ।
परमेश्वरलाई करेन्ट बचाउ बचाउ भन्दै गुहार गरेपछि अर्का मोटरसाइकल यात्री जगरनाथले उनलाई बचाउन जाँदा उनलाई पनि त्यहीँ करेन्ट लागेको थियो । दुबैलाई करेन्ट लागेको देखेर मोटरसाइकल रोकेर दुबैलाई बचाउन खोज्दा अर्का यात्री सूर्यनरायण शर्मा घाइते भएको प्रहरी उपरिक्षक थपालियाले जनाए ।