सकारले ल्याएको कर्मचारी समायोजनमा सोमबार सम्म ७ हजार ३ सय ४१ कर्मचारीकाे समायोजन भएको छ।
सो मध्ये ५ हजार ६ सय ९१ जना कर्मचारी संघमा नै समायोजन भएका छन।
हालसम्म समायोजन सकिएको कुल कर्मचारी संख्यामध्ये अधिकांश संघमै समायोजन भएका हुन्। ९ सय ७ जना प्रदेशमा र ७ सय ४३ जना स्थानीय तहमा समायोजन भएका छन।
कुल ७७ हजार ३४ जना कर्मचारीले समायोजनमा जान फारम भरेका थिए। त्यसमध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै रहने गरी समायोेजन रोजेका छन।
सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाइ संघ मै परेको छ।
यसबाट प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुने देखिएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश ल्याइएको थियो। ऐनको मनसाय विपरीत प्रक्रिया पु¥याएर घुमाइफिराई संघमै समायोजन हुने कर्मचारीको संख्या अत्याधिक रहेको छ। नेपाल समाचार पत्रमा खबर छ।