सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरे ।
मंगलबार भएको म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन् । सुमनले उक्त दूरी ४ घन्टा ३८.४५ मिनटमा र सन्तोषले ५ घन्टा ५२.३० मिनटमा पुरा गरे ।
शीर्ष तीन स्थानमा रहनेले क्रमसः २५, १५ र १० हजार पुरस्कार पाएका छन् ।यस्तै उत्कृष्ट पाँच स्थान हात पार्ने अन्य खेलाडीहरुले पनि जनही ५ हजार प्राप्त गरे ।
म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो । त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री विश्वकर्माले हेलम्बुकै चोकम्बो भन्ने स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाका लागि काम अघि बढिसकेको भन्दै त्यसका लागि १० लाख बजेट छुट्याइएको जानकारी दिए ।