पोखरा प्रिमियर लिग ९पिपिएल० टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो जित हात पारेको छ। बुटवलले आइतबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो।
बुटवल ब्लास्टर्सले १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन मात्र जोड्न सक्यो।
बुटवलका ललितसिंह भण्डारीले १५ बलमा ४ चौका प्रहार गरे। ओपनर कुशल भुर्तेल ९ रनमै आउट भएका थिए। विनोद भण्डारीले ६ रन र रविइन्दर सिंहले ११ रन भन्दा बढी रन जोड्न सकेनन्। कप्तान शरद भेषवाकरले २४ बल खेलेर १९ रन जोडे । उनले २ चौका प्रहार गरेका थिए।