पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज इलिमिनेटरको खेल हुँदै छ।
घरेलु टोली पोखरा पल्टन तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा अर्को फाइनल पुग्ने टिमको टुंगो लगाउन आज इलिमिनेटर राउण्डको खेल हुन लागेको हो। जसमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं रोयल्स भिड्ने छन्। आजको विजेताले पोखरा पल्टनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।
चितवन पहिलो खेलमा बुटवलसँग ७० रनले हारेको थियो भने दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित भएको थियो। तर त्यसपछि उसले लिगका तीन खेलमा लगातार जित निकाल्दै इलिमिनेटर राउण्डमा पुग्न सफल भयो। उसले काठमाडौलाई १३ रनले हरायो भने धनगढीलाई एक सय २६ रनले पाखा लगायो। अन्तिम खेलमा विराटनगरलाई पराजित गरेको थियो।
तर, सुरुवाती खेलमा राम्रो गरेको काठमाडौले पहिलो दुई खेलमा उत्कृष्ट जित निकालेका थियो। जसमा पहिलो खेलमा धनगढीलाई १७ रन र विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो।
तर चितवनसँग १३ रनले पराजित हुदा उसको जितको यात्रामा ब्रेक लागेको थियो। उसले बुटवललाई ३७ रनले पराजित गरेको थियो भने पोखरासँग ४ विकेटले हार्न पुगेको थियो। चितवन र पोखराबीचको खेल विहान ११ बजे पछि शुरुहुने छ।