इंग्लिस प्रिमियर लिगमा गएराति भएकाे खेलमा चेल्सी विजयी भएकाे छ।
घरेलु मैदानमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३ – १ ले पराजित गरेको हो । चेल्सीकाे जितमा अल्भारो मोरटाले दुई गोल गरे । खेलको ३२ औं मिनेटमा मोरटाको गोलबाट चेल्सीले अग्रता बनायाे । पहिलाे हाफमा एक गाेलकाे अग्रता बनाएकाे चेल्सी विरूद्द ५३ औं मिनेटमा क्रिष्टलका टाउनसेन्डले गोल गर्दै खेल १ – १ को बराबरीमा पुर्याए ।
६५ औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । त्यसपछि खेलको ७० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३ – १ को जित दिलाए ।
जितसंगै चेल्सी लिभरपुललाइ पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ११ खेलबाट २७ अंक जोडेको छ । चेल्सीले लिभरपुललाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो ।