स्पेनिस क्लव बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छ।
गएराति भएको समूह ‘बी’को खेलमा ईटालीको ईन्टर मिलनासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना प्रतियोगिताको नकआउट चरणमा उक्लिने पहिलो टोली बनेको हो। बार्साले ४ खेलबाट १० अंक जोड्दा दोस्रो स्थानमा रहेको ईन्टर मिलानको ७ अंक छ। ४ अंक जोडेको इंग्लिस क्लव टोटनह्याम हट्सपरको पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित छ।
गएरातिको खेलमा नेदरल्याण्ड्सको पीएसभी आन्डोभनलाई २–१ ले हराउँदै टोटनह्यामले प्रतियोगितामा अर्को चरण प्रवेशको सम्भावना जीवित राखेको हो।
च्याम्पियन्स लिग समूह ‘ए’को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको मोनाकोलाई ४–० ले पाखा लगायो।
गएराति इंग्ल्यान्डको लिभरपुल भने पराजित भयो। लिभरपुललाई सर्वियाको रेडस्टार बेलग्रेडले २–० ले हराउँदा समूहको अर्को खेलमा ईटालीको नापोली र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १–१ गोलको बराबरीमा चित्त बुझाए।
गएराति भएका अन्य खेलमा पोर्चुगलको एफसी पोर्टोले रुसको लोकोमोटिभ मस्कोलाई ४–१ ले हराउँदा जर्मनीको शाल्काले टर्कीको गालातासारेलाई २–० ले पराजित गर्यो।