आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले बुधबार राति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन जोडेको थियो। पाकिस्तानका लागि जावरिया खानले नट आउट ७४ रन बनाउँदा अएसा जफारले २१ रन जोडेकी थिइन्। आएरल्याण्डका लागि लुसी रिलीले ३ विकेट लिएकी थिइन्।
१४० रनको लक्ष्य लिएर मैदानमा आएको आएरल्याण्डले ९ बिकेटको गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो। इसबोल जोयसीले ३० रन बनाउँदा कार्ले सिलिङटनले २७ रन बनाइन्।
अरु कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा आएरल्याण्ड पाकिस्तानसँग ३८ रनले पराजित हुन पुगेको हो। पाकिस्तानका साना मिर, इमान अनवर, नस्र सान्धु र एलिया रियाजले दुई दुई विकेट लिएका थिए।