भारतीय एथलेटिक्स खेलाडी पालेन्दर चौधरीले आत्महत्या गरेका छन्।
प्रारम्भीक अनुसन्धान अनुसार उनी घर परिवासँगको मनमुटाव पछि आत्महत्या गरेको बुझिएको छ। १८ वर्षीय पालेन्दरले जवाहरलाल नेहरी स्टेडियममा झुण्डिएर आत्महत्या गरेका हुन्। पालेन्दरले आत्महत्या मंगलबार साँझ गरेका हुन्।
घटनाको जाँच गर्न भारतीय खेल प्राधिकरणले निर्देशन दिएको छ। उक्त स्टेडियमको एथलेटिक्स एकेडेमीको छात्रावासको कोठामा रहेको पंखामा भुण्डिएको अवस्थामा उनको शब भेटिएको थियो। भारतीय खेल प्राधिकरणका सचिव स्वर्णसिंह छाबडाले छानबिन स मितिको नेतृत्व गरेको र उनले एक हप्ताभित्र घटनाबारे प्रतिवेदन पेश हुने बताएका छन्। अहिले सम्म चौधरीको सुसाईड नोट पनि भेटिएको छ्रन।
तर पालेन्दरले आत्महत्या मंगलबार साँझ गरेका हुन् ।
सोही दिन साँझ उनकी बहिनी भेट्न आएका बेला बहिनीलाई धम्काएका चौधरीले आत्महत्या गरेका हुन्। पालेन्दर २०१६देखि जवाहरलाल नेहरी स्टेडियमको छात्रावासमा रहेको कोठा नम्बर ६९ मा बस्दै आएका थिए।
उनी १०० र २०० मिटर दौडको ट्रेनिङमा रहेका थिए। उनी सन् २०१७ को बैंककमा भएको एशियाली युवा च्याम्पियनिसपको रिले दौडमा स्वर्ण पदक जितेका थिए भने गत जुलाईमा भएको विश्व युवा च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए।