पाकिस्तानले हकीको विश्वकप खेल्ने पक्का भएको छ।
भारतमा हुन लागेको विश्वकपका लागि यसअघि भीसा जारी नहुँदा पाकिस्तानको सहभागिता अनिश्चत बनेको थियो। भारतले भुवनेश्वरमा २८ नोभेम्बरदेखि शुरुहुने हकीको विश्वकपका लागि पाकिस्तानी खेलाडीहरुको भीसा जारी गरेको हो।
भीसा सँगै भारतले पाकिस्तानी खेलाडीहरुलाई विश्वकपका लागि ९० लाख रुपैयाँ पनि दिएको छ। हकी विश्वकपमा १६ टिमको सहभागीता हुने छ।
पाकिस्तान हकी महासंघका सचिब शाहबाज अहमदले भारतसँज जोडिएका सबै समस्या समाधान भएको र मूख्य कोच तथा सहायक कोचको भने भीसा आवदेन दिन ढिला भएकाले एक दुई दिनमा आउने बताए। यसअघि लखनऊमा भएको जुनियर विश्वकपमा पाकिस्तानले भीसा नपाएपछि खेल्न पाएको थिएन।