राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल अन्तर्गत आज २ वटा खेल हुने भएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज विहान ९ बजे हुने पहिलो खेलमा चितवन टाइगर्स र ललितपुर प्याट्रियोस भिड्ने छन् । ललितपुरको यो दोस्रो खेल हो भने चितवन पहिलो खेल खेल्दै छ ।
उद्घाटन खेलमा विराटनगरसँग ललितपुर ३ विकेटले पराजित भएको थियो । चितवन पृथु बास्कोटाको कप्तानीमा मैदान उत्रदा ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लको हातमा छ । लामो समयदेखि क्रिज बाहिर रहेका पृथुको प्रदर्शनमा नेपाली क्रिकेट समर्थकको ध्यान केन्द्रीत हुने छ । यसैगरी आजै दिँउसो १ बजे भैरहवा र पोखरा राइनोज पनि आमने सामने हुने छन् ।