म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
गएराती चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई २–० ले पराजित गर्दै युनाईटेड क्वार्टरफाइनलमा पुगेकाे हाे। म्यान्चेस्टरलाई विजयी गराउन एन्डर हरेरा र पाउल पोग्बाले एक–एक गोल गरेका थिए।
हारपछि चेल्सीका इटालियन प्रशिक्षक माउरिजियो सारीमाथि दबाब बढेको छ। इंग्लिश प्रिमियर लिगका पनि पछिल्ला खेलहरुमा चेल्सीले खराब प्रदर्शन गर्दै आएकाले प्रशिक्षक माथि दबाव बढेकाे हाे।