अभिनेत्री सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी lछन्।
हाल संघको महासचिवसमेत रहेकी लामिछानेले आफू नेतृत्व सम्हाल्न सक्षम रहेको दावी गर्दै उम्मेदवारी घोषणा गरेकी हुन्।साथै उनले संघलाई अझ सशक्त रुपमा अगाडि बढाउने उद्घोष समेत गरिन् । लामिछाने बिगत २ दशकदेखि चलचित्र तथा कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छिन् ।
नयाँ कार्यसमिति चयनका लागि संघको अधिवेशन यहि चैत २३ गते काठमाण्डौमा हुँदैछ ।