अमेरिकी लेखक एवं मार्भेल कमिक्सका पूर्व अध्यक्ष स्टेन लीको निधन भएको छ । लामो समयदेखि बिरामी ९५ वर्षीय लीको स्थानीय समयअनुसार सोमबार बिहान निधन भएको हो।
स्टेन लीले मार्भेलका लागि कयौं कमिक्सका कथा लेखेका थिए । उनले स्पाइडरम्यान, आइरन म्यान, हल्क, डेयरडेभिलजस्ता असाधारण शक्ति भएका पात्रहरुको सिर्जना गरे । यस्ता पात्र विश्वभर चर्चित भए । कमिक्सका यस्ता पात्रमाथि बनेका फिल्मले करोडौंको व्यापार गर्न सफल भए ।
उनको जन्म रोमानियाबाट आएको एक यहुदी परिवारमा सन् १९२२ मा भएको थियो । उनले अमेरिकामा लिबरम्यानको टाइम्ली पब्लिकेसनमा जागिर खान सुरु गरे । जुन उनको आफन्तको थियो । यही कम्पनीमा उनले कमिक्स विभागको जिम्मेवारी पाएँ, जहाँ उनको सिर्जनशिल क्षमताले उडान पायो । १८ वर्षकै उमेरमा उनी सम्पादक बने।
उनले १९६१ मा मार्भेल कमिक्सका लागि द फ्यान्टास्टिक फोर बनाए । पछि यसमा स्पाइडरम्यान, एक्सम्यान, हल्क, आइरनम्यान, ब्ल्याक प्यान्थर, थोर, डाक्टर स्ट्यान्ज र क्याप्टेन अमेरिकाजस्ता चरित्र सिर्जना गरे ।
२० औं वर्षसम्म उनी कमिक्सको संसारमा छाउन सफल भए । उनले अपराध र हरर संसारजस्ता यस्ता कथा लेखे, जसलाई किशोरहरुले निकै रुचाए । सुरुवातमा उनी आफ्नो लेखनबाट निकै डराउँथे । यहीकारण उनले आफ्नो असली नामका साटो स्टेन ली लेख्न थाले । पछि चर्चित भएपछि यही नामलाई नै कानुनी रुप दिए ।
सन् १९६१ मा फ्यान्टास्टिक फोर लोकप्रिय भएपछि उनले स्पाइडरम्यानलाई जन्म दिए । यो एक यस्तो पात्र हो, जसलाई माकुराले टोकेपछि माकुराकै जस्तो शक्ति आउँछ।
कम्पनी लोकप्रियताको शिखरमा रहेका बेला मार्भेलको कमिक्स एक वर्षमा ५ करोड प्रति बिक्री हुन्थ्यो १९७१ मा रिटायर हुने बेलासम्म उनले मार्भेलको कभर पेजका लागि कयौं कथा लेखे । सन् २००२ मा स्पाइडरम्यान फिल्म निर्माण भयो । यसको रिमेक २००४ मा आयो । यी २ फिल्मले विश्वभर १.६ अर्ब डलरको कमाई ग¥यो ।