आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कामना सेवा विकास बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले बैंकबाट ७५ प्रतिशतसम्म कर्जा सुविधा पाउने छन्।
ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा पाउने छन् । यसबाट आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा पाउन सहज हुने दुुबै कम्पनीको दाबी छ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमईमोटर्सको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन्।