माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि २ विषयमा सी वा सीभन्दा तल आउने तथा अनुपस्थित हुनेलाई मौका परीक्षाका लागि समय तालिका बुधबार सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार साउन २६ गते १ विषय र २७ गते २ विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । सो ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ ।
परीक्षाको आवेदन फाराम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ । गत असार १२ गते एसइईको नतिजा प्रकाशित भएको थियो । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।