अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व. आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव आठ लाख सहयोग गरेकोे छ।
गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पुर्याउन सात लाख ८० हजार प्रदान गरेकोे प्रधानाध्यापक सुकबहादुर पुर्जाले जानकारी दिए।
उनका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक १२ हजारका दरले सो रकम उपलब्ध गराएका हुन्।
दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ।
कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन्।
बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन्।
विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले बताए।