अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकाल घोषणा गरेका छन्।
मेक्सिकोको सिमानामा पर्खाल लगाउनका लागि बजेट नपाएपछि संकटकालको घोषणा गरेका हुन्। देशमा संकट आएपछि लगाउनु पर्ने संकटकाल राष्ट्रपतीय अधिकार प्रयोग गरेर लगाइएपछि विपक्षी डेमोक्र्याटहरुले भने विरोध गरेका छन्।
ट्रम्पले मेक्सिकोको खुला सिमाबाट अपारिधक गतिविधि हुने गरेको अवैध आप्रवासीहरु अमेरिका भित्रने गरेकाले उनीहरुलाई नियन्त्रण गर्न पर्खाल लगाउने चुनावी घोषणा गरेका थिए।
राष्ट्रपतिमा निर्वाचित भएपछि पटक पटक पर्खाल लगाउने बजेट माग गर्दा निकासा नभएपछि नयाँ वर्षमा कर्मचारीहरुको तलव समेत रोक्का गरेका थिए। जसका कारण त्यहाँका सरकारी कार्यालयहरु बन्द समेत हुन पुगेका थिए।
राष्ट्रपतिले घोषणा गरेको संकटकालको विषयमा अदालतमा मुद्दा हाल्ने डेमोक्र्याट पार्टीका नेताहरुले तयारी गरेका छन्।
याे पनि
अमेरिकामा संकटकाल घाेषणा गर्ने राष्ट्रपति ट्रम्पकाे तयारी