अर्जेन्टिनाको एक कम्पनीले हालै सहमतिको अवधारणामा आधारित कन्डमको विकास गरेको छ ।
यसको विशेषता के छ भने यो कन्डमको प्याकेट खोल्न दुई जनाकै सहमति आवश्यक पर्छ । प्याकेट खोल्न एकैपटक ४ प्वाइन्टमा थिच्नुपर्छ ।
कन्डमको प्याकेट खोल्न चारै कुनामा एक-एक प्वाइन्ट बनाइएको छ । दुई/दुई हातले एकैपटक खोलेमा मात्र प्याकेट खुल्छ । यो कन्डम बनाउनुका पछाडि यसले सहमतिको वातावरण निर्माण गरोस् भन्ने छ । यो अर्जेन्टिनाको टुपलिन कम्पनीले बनाएको हो ।
अहिले यो कन्डमलाई स्याम्पलका रुपमा नि:शुल्क वितरण गरिएको छ । औपचारिक रुपमा यो कन्डम यसै वर्ष (सन २०१९) बजारमा ल्याउने जानकारी गराइएको छ ।